धरानबाट रिफर गरिएका बिरामीमा कोरोनाको संक्रमण देखिएन

माघ १८, काठमाडौं । धरानबाट उपचारका लागि काठमाडौं पठाइएका बिरामीमा कोरोनाको संक्रमण नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
हालै दक्षिण कोरियाबाट फर्किएका धरानका ३८ वर्षीय मोहनकुमार लिम्बु ज्वरोको उपचार गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका थिए । प्रतिष्ठानले ज्वरोको उपचार गराउन अस्पताल पुगेका उनलाई कोरोना भाइरसको आंशकामा काठमाडौं रेफर गरेको थियो। उनलाई ज्वरो आएको र घाँटी दुखेको थियो।
कोरोना भाइरससंग केही लक्षण मिलेको भन्दै उनलाई थप उपचारका लागि प्रतिष्ठानले शुक्रराज अस्पताल रेफर गरेको बताएको छ ।
null
उनको शुक्रराज अस्पतालमा परीक्षण भइरहेको छ । उनमा कोरोनाको संक्रमण नरहेको अस्पतालका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा. अनुप बास्तोलाले बताएका छन्। उनले भने,‘उहाँलाई निमोनिया भएकाले आइसोलन वार्डमा पनि राख्नु परेको छैन, कोरोना भाइरसको कुनै पनि क्राइटेरियामा नपर्ने भएकाले सामान्य वार्डमा राखेर उपचार गरिएको छ।’








