गच्छदारको बचाउमा नेपाली कांग्रेस सुनसरीले आन्दोलनको घोषणा

माघ २३, सुनसरी । नेपाली कांग्रेस सुनसरीले पार्टी उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई फसाइएको भन्दै आन्दोलन गर्ने भएको छ ।
पार्टीले आज सुनसरीमा पत्रकार सम्मेलन गर्दै दुई तिहाईको दम्भ देखाएर सरकारले गच्छदारलाई सुनियोजित रुपमा फसाइएको जिकिर गर्दै आन्दोलन गर्ने भएको हो ।
ललिता निवास जग्गा प्रकरणमा गच्छदार भ्रष्टचारमा मुछिएपछि सुनसरी काङ्ग्रेसले बचाउको लागि आन्दोलन गर्ने कांग्रेस सुनसरी सभापति राजिब कोइरालाले बताए ।
null
अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेसँगै सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका गच्छदारको सांसद पद समेत निलम्बनमा परेपछि उनको बचाउ गर्न आन्दोलन गरिने कोइरालाले बताए । उनले गच्छदारलाई राजनीतिक प्रतिसोध साँध्न आरोप लगाइएको दावि गरे ।
‘वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाईलागेको छ ।
गच्छदार माथिको मुद्दा फिर्ता नलिए वर्तमान सरकार विरुद्ध सडक संघर्षको विकल्प छैन ।’– कोइरालाले भने ।
उनले कस्तो प्रकारको आन्दोलन गर्ने केन्द्रको निर्देशन अनुरुप आन्दोलनको रणनीति बनाउने जानकारी दिए ।








