‘प्रधानमन्त्री किन मौन ? ट्राफिक प्रहरी किन दाताको आशमा ?’

फागुन १४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले सेक्युरिटी प्रेस खरिद प्रकरण र अन्य अरबौं भ्रष्टाचारमा प्रधानमन्त्री किन चूप बसेको भनेर प्रश्न गरेकि छिन् ।   

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सुनसरी क्षेत्र नं. १ की सांसद सुब्बाले प्रधानमन्त्रीले सेक्युरिटी प्रेस लगायत अन्य विषयमा प्रधानमन्त्रीले सदन र जनतालाई जवाफ दिनुपर्ने बताइन् ।   

उनले ट्राफिक प्रहरी मागेकै भरमा कहिले सम्म चल्ने भन्दै संसद र गृहमन्त्रीको ध्यानाकर्षण गराईन् । उनले राज्य विदेशी दाताहरुको अगाडी झुक्नुपर्ने अवस्था रहेको जनाउँदै ट्राफिक प्रहरीले लगाउने पोशाक, चस्मा, माक्स र प्रहरी विट कार्यालय समेत दाताको भरमा रहेको जिकिर गरिन् । 

null

उनले हरेक वर्ष करोडौं राजस्व संकलन गरेर राज्यलाई सहयोग गर्ने ट्राफिक प्रहरीको ब्यवस्थापनमा राख्नले ध्यान दिनुपर्ने जनाइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =