सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री बाँस्काेटा मुछिएपछि छानबिन गर्ने लेखा समितिकाे निर्णय

फाइल तस्विर 

फागुन ८, काठमाडौं । संसदको सार्वजनिक खरिद लेखा समितिले सेक्युरिटी प्रेसकाे खरिद प्रक्रिया राेकेर छानविन प्रक्रिया अगाडी बढाउने भएको छ ।  

सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि यस विषयमा समितिले छानविन गर्ने निर्णय गरेको हो । साथै यस विषयमा छलफललाई निरन्तरता दिने बताइएको छ ।  

Image result for संसदको खरिद लेखा समिति

यो प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल समितिले मगाएको छ। खरिद गर्नुअघि मन्त्री बाँस्कोटा अध्ययन भ्रमणका लागि गएका थिए।  

बैठकमा समिति सदस्य तथा नेकपा सांसद सूर्य पाठकले सामाजिक सञ्जालमा पोष्ट भएको प्रभात किशोर उपाध्यायको एउटा स्टाटसको स्क्रिन सर्ट देखाएका थिए ।  

जसमा प्रभातले एक दर्जन सांसदहरुको नाम र तस्विरसहित लेखेका छन्, ‘७४ करोड हैन, ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेसि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ, ४ अर्ब भाग परेका लेखा समितिका बाँस्कोटालगायत अन्य माननीयहरु ।’  

उक्त स्क्रिन सर्ट देखाएपनि समितिमा चर्काचर्की समेत परेको थियो । समितिले उक्त स्टाटसबारे सोही मान्छेलाई समितिमै बोलाएर छलफल गर्ने समेत निर्णय गरेको छ । 

समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरेको छ ।  

बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल भएको छ ।  

त्यस्तै, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएकोबारे पनि आजको बैठकमा छलफल भइरहेको छ। त्यस्तै प्रस्तावित कम्पनीको अनुभवमा कमी देखिएको र संकट समाधान, समन्वय र मितव्ययिता अपनाइएको नदेखिएकोबारे समितिले छलफल गरिरहेको छ। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =