शिवरात्रिको शुभकामना दिँदा बाँस्कोटालाई गाली र व्यङ्ग्यको ओइरो

फागुन ९, काठमाडौं । सेक्युरिटि प्रिन्टिङ तथा प्रेस खरिदका विषयमा ७० कारोड कमिशन  डिल गरेको सावैजनि भएपछि मन्त्री पद गुमाएका गोकुल बाँस्कोटालाई सामाजिक सञ्जालमा गालि र व्यङ्ग्यको ओइरो लागेको छ । ाबँस्कोटाले शुक्रबार बिहान महाशिवरात्रिका अवसरमा ट्वीटरमार्फत मार्फत दिएको शुभकामना सन्देशमा गालि र व्यङ्ग्यको ओइरो लागेको हो । 

बाँस्कोटाले बिहान ट्वीट गर्दै लेखेका छन्, ‘प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ 

तर उनको उक्त ट्वीटमा धेरैले कमिशनको मोलतोल गरेको अडियोबारे गालि र व्यङ्ग्यको वाँण हानेका छन् । कतिपयले भ्रष्ट नेताबाट शुभकामना नचाहिने प्रतिक्रिया पनि दिएका छन् । भने कतिले धर्म नै दुषित हुने प्रतिक्रिया दिएका छन् ।   

गोपाल योगीले प्रश्न गर्दै लेखेका छन्, ‘कम्युनिष्टले चलाएको देश चीन कहाँबाट कहाँ पुग्यो । नेपाली कम्युनिस्टहरुको किन यस्तो दयनीय अवस्था ? अलिकति इमान र साख को ख्याल गर्नु पर्दैन ?’ 

बालकृष्ण ढकालले लेखेका छन्, ‘नैतिकताको आधारमा राजीनामा। नैतिकता छ र भन्या ?’ केदार थमीको प्रश्न छ, ‘अझै जेल जाने चाजोपाजो मिलेको छैन? कि विष्णु, विष्णु भनेर चोखो भयौँ ? 

‘के को शुभकामना चाहियो हामीलाई, जनताको करबाट चुरलुम्मै ७० करोड को डिल गर्दै हिँड्ने ? अब हामी अख्तियारले समातेर मुद्दा चलाएको हेर्न चाहन्छौँ । टेलिकमका अन्य ठेक्काबाट हाल सम्म कति खायौँ ?’ इन्द्रमणि शर्माले प्रश्न गरेका छन् । 

यी लगाएत धेरैले ट्वीटर मार्फत नै आक्रोश फोखेका छन् । 

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =