कांग्रेस उपसभापति गच्छदार संसदबाट निलम्वित

माघ २४, काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा परेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार संसदबाट  निलम्वनमा परेका छन्। 

शुक्रबार संसद सचिवालयले गच्छदारलाई सांसद पदबाट निलम्बन गरेको हो। 

संसद सचिवालयले भ्रष्टचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्दा दर्ता गरेको जारकारी सचिवालयलाई गराएपछि सचिवालयले गच्छदार सांसदबाट स्वतः निलम्वन परेको शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ। 

विज्ञप्तीमा भनिएको छ, ‘प्रतिनिधि सभाका माननीय सदस्य श्री विजय कुमार गच्छचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मिति २०७४।१०।११ देखि स्वतः निलम्वन हुनुभएकाले यो सूचना प्रकाशित गरिएको छ ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आगोगले ललिता निवासको सरकारी, सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा व्यक्ति तथा संस्थाका नाममा कायम गरी हिनामिना गरेको आरोपमा गच्छदारसहित तीन पूर्वमन्त्री र तीन पूर्वसतिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =