हेटौँडामा विद्यालयका दुई बसमा आगलागी

फाेटाे फाइल 

माघ १९, हेटौँडा । शनिबारराती  हेटाँडामा विद्यालयको परिसरभित्र रोकीराखिए रोकी राखेका दुई बसमा आगलागी भएको छ ।   

हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको हो ।   

बसमा आगलागी भएको देखेपछी स्थानीयवासी प्रहरीलाई खबर गरेका थिए ।आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार  स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलको सहयोगले  आगो नियन्त्रणमा लिईएको हो   

आगलागी आफै अथवा कसैले गरेको हो भन्ने नखुलेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =