अष्ट्रेलियाबाटै प्रविन्दले निर्देशन गरे ‘बन्दकी’

माघ २१, अष्ट्रेलिया । अष्ट्रेलिया बस्दै आएका निर्देशक प्रविन्द काफ्लेको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।   

लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन् । विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न सफल काफ्लेले हालै ‘बन्दकी’ बोलको गीतको भिडियो तयार पारे ।   

श्रेया नेपालले गाएको गीतको भिडियोको छयांकन उनले ब्रिसबेन, गोल्ड कस्ट लगायत क्षेत्रमा गरेका थिए । 

अष्ट्रेलियामै रहेका प्रतिभा महर्जन र आर्यान अधिकारीले भिडियोमा अभिनय गरेका छन् । प्रकाश थापाले लेखेको गीतमा आशिक प्रजापतिले कम्पोज गरेका हुन् । 

निर्देशन काफ्लेले अष्ट्रेलियामै थप केही गीतको भिडियो बनाउने तयारी गरिरहेका छन् । अष्ट्रेलियामा पनि नेपाली गीतसँगीतको विकास र प्रवर्द्धनमा समेत उनी लागी परेका छन् । 

भिडियो : 

https://youtu.be/HEllhLVppj8 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =