अभिनेत्री तापसीलाई ‘थप्पड’को शुटिङपछि वास्तविक जीवनमा आउन ३० दिन लाग्यो

फागुन १२, काठमाडौँ । बलिउड अभिनेत्री तापसी पन्नुले ‘थप्पड’को शुटिङपछि वास्तविक जीवनमा आउन ३० दिन लागेको बताएकी छिन् ।   

हाल   ‘थप्पड’को प्रमोशनमा व्यस्त रहेकी पन्नुले प्रमोशनकाबीच एक कार्यक्रममा उक्त कुरा बताएकी हुन् ।   

उनले भनिन् ‘यो फिल्मको भूमिका निभाउदा निभाउँदै म भावनात्मक रुपमा यति धेरै भिजे कि त्यो पात्रको भूमिकाबाट बाहिर आउन निकै गाह्रो भयो । मैले त्यो भूमिकाबाट बाहिर आउन केही समय छुट्टी नै लिनुपर्यो ।’ उनले फिल्मकी पात्र सहनशिल भएकाले त्यो भूमिका निभाएपछि आफ्नो वास्तविकतामा आउन लामो समय लागेको बताएकी छिन् ।   

Image result for thappad taapsee pannu

समाजमा महिलाहरुलाई हुने घरेलु हिंसाको बारेमा समेटिएर बनाईको यस चलचित्रमा  अभिनेत्री तापसी मुख्य पात्रमा देखा परेकी छिन् ।   

श्रीमान र श्रीमतीबीचको कथाबस्तुमा आधारित  थप्पड’ मा एक थप्पडले निम्त्याउने परिघटनालाई देखाइएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =