आफ्नै मिलको फित्तामा बेरिएर मृत्यु भयो महिलाको

फागुन १५, काठमाडौँ । बिहिबार बिहान पार्सामा एक ४२ वर्षिय महिलाको आफ्नै मिलको फित्तामा बेरिएर मृत्यु  भएको छ ।   

प्रहरीका अनुसार आज बिहान ९ बजेको समयमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ मा बस्ने ललितादेवी ठाकुरको मिलको फित्तामा  बेरिएर मृत्यु भएको हो ।   

धान कुट्ने क्रममा सेलर मिलको फितामा लुगा बेरिएर उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =