कोरोना भाइरसः फिलिपिन्समा एक बिरामीको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो

  

माघ १९, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४ पुगेको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन् ।   

त्यस्तै थप २५ सय ९० बिरामी फेला परेका छन् । हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।   

Image result for कोरोना भाइरस

फिलिपिन्समा पनि कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ । चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो । 

फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोना भाइरसको सङ्क्रमण शुरु भएको बताइन्छ । चीनमा ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् । 

यो भाइरस एक दर्जनभन्दा बढी देशमा फैलिसकेको छ । जसमा नेपाल, कम्बोडियो, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, जर्मनी, भारत, इटाली, जापान, मलेसिया, फिलिपिन्स, रुस, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, ताइवान, थाइल्याण्ड, बेलायत, युनाइटेड स्टेट्स, यूएई र भियतनाम रहेका छन् । 

नेपालमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ, जहाँ शुक्रबारदेखि थर्मल स्क्यानर मेसिन जडान गरिएको  थियो। 

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को समन्वयमा ल्याइएको यो मेसिन सञ्चालनमा आएपछि अब सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप हुन्छ । विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक कर्मचारीकाअनुसार थर्मल स्क्यानरले सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ । 

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । डब्ल्यूएचओले विश्वभर स्वास्थ्य आपतकालको घोषणा समेत गरिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =