यस्तो छ बुद्धिको ‘धुलो’ को फस्टलुक

माघ २९, काठमाडौँ ।  बुद्धि तामाङ अभिनित चलचित्र  ‘धुलो’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।   

मंगलवार चलचित्रको फर्स्टलुक पोस्टरसँगै  प्रदर्शन मिति पनि तय भएको छ ।  ‘धुलो’ आगामी फागुन १६ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।   

समाजिक बिषयबस्तुमा निर्माण भएको चलचित्रमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई मुख्य बिषयबस्तु बनाइएको छ ।   

चलचित्रमा बुद्धिसँगै सृजना सुब्बा, अग्रज केसी, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको भूमिका रहेको छ भने बिशेष भूमिकामा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवा देखा पर्नेछन् ।   

प्रद्युम्न मिश्रको डेब्यू निर्देशन बनेकाे यस चलचित्रको कथा सुवास सिंह बस्न्यातले तयार पारेका हुन् । चलचित्रमा रविन आचार्यले छायांकन र अर्जुन जिसीले सम्पादन रहेको छ ।   

सिके वाग्लेको प्रस्तुति रहेको यस चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल रहेकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =