जिउँदो सालकको अवैध बिक्रीमा संलग्न दुई पक्राउ

फागुन १६, काठमाडौं । काठमाडौँको सुन्धारास्थित सिभिल मल अगाडिबाट  जिउँदो सालकको अवैध बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार सिन्धुपाल्चोक घर भइ चापागाउँ बस्दै आएका ३३ वर्षीय टिके तामाङ र मकवापुर घर भइ पाटन बस्दै आएका १९ वर्षीय अनिश तामाङलाई पक्राउ गरिएको हो ।   

बिहिबार पक्राउ परेको दुबैमाथी  थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महाशाखा टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी  दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =