इटहरी उपमहानगरपालिकाका मेयरकाे उदण्डताः फोहोर गरेको भन्दै २७ वर्ष पुरानो पान पसल बन्द गराए

माघ २७, इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् ।   

एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले पान पसलबाट धेरै फोहोर भएको भन्दै पसल बन्द गरेका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको भन्दै मेयर चौधरीले पान पसल बन्द गरेको बताए । 

पान पसल गर्दै आएका शाहले भने आँफूले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र फोहोरको मासिक एक सय रुपैँया तिर्दै आएको बताए । उनले भने, ‘२७ बर्ष अगाडि महिनाको एक सय २५ रुपैँया भाडा तिरेर सञ्चालन गर्दै आएको पान पसल आज आएर मेयरले बन्द गर्ने ?’ उनले आँफूले परिश्रम गरेर खान पनि नपाउँने भएको भन्दै चिन्ता व्यक्त गरे । पसल बन्द गरेपछि स्थानीय ब्यापारीहरु आक्रोशित भएका थिए । 

Image result for द्वारिकलाल चौधरी

इटहरी रेडिमेट व्यवसायी संघका सचिव हरि खतिवडाले व्यक्तिको सम्पत्तिमाथि मेयर चौधरीले यसअघि मौखिक र लिखित कुनै जानकारी नगराई बन्द गर्नु अस्वभाविक रहेको तर्क गरे । उनले भने, ‘एउटा व्यक्तिले भाडा तिरेर व्यापार गरेर खान नपाउँने ?’ उनले नगरपालिकाको गेट अगाडि नै फोहोरको थुप्रो रहेको र नगरपालिकाबाट उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान गर्न नसकिरहेको अवस्थामा मेयर चौधरीले व्यक्तिको पेशामा मनपरी गरेको आरोप लगाए । ‘व्यक्तिको पसल बन्द गर्नु अगाडि कति पटक जानकारी गराईयो,’ उनले आक्रोश पोख्दै भने, ‘जनता मेयरबाट सुरक्षित रहँदैन भने मेयर पनि जनताबाट सुरक्षित नरहने स्थिति आउँन सक्छ ।’ उनले मेयर चौधरीले व्यापारीमाथि आतंकित गतिविधि गरेकाले आँफूहरु आन्दोलन नै गर्ने चेतावनी समेत दिए । 

यसअघि मेयर चौधरीले इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानीको बिल काउन्टर समेत बन्द गराएका थिए । मेयरका पछिल्ला गतिबिधी अपाच्य भएको भन्दै व्यावसायिक संघ संगठनले आन्दोलनको तयारी थालेका छन् । 

यस बिषयमा मेयर चौधरीसँग प्रतिक्रिया लिन कार्यालयमै जाँदा उनले प्रतिक्रिया दिन मानेनन् । आधा दर्जन बढी नगर प्रहरी कार्यालय अगाडि राखेर उनले कार्यालयमै प्रवेश गर्न नदिनु भन्दै आदेश गरेका थिए । उपमेयर लक्ष्मी गौतमले भने यस बिषयमा आँफूलाई जानकारी नभएको र बुझ्ने प्रयास गरिरहेको बताईन् । उनले भनिन्, ‘म त काठमाडौँ गएकी थिएँ, अस्ति मात्र आएको म यस बिषयमा मेयर साबसँग कुरा गर्ने प्रयास गरिरहेकी छु, उहाँले आफ्नो काम गर्ने हो, मैले आफ्नो काम, केही थाहा नै हुँदैन ।’ 

यसैबीच, मेयर चौधरी बिरुद्ध ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ । इटहरीका व्यापारी सुवास शाहले आफूँले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र आईतबार मेयर चौधरीले बन्द गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा उजुरी गरेका हुन् । मेयर चौधरीले पदको दुरुपयोग गर्दै आफुलाई केहि दिन देखि मानसकि तनाब दिनुको साथै ब्यवसाय बन्द गरिदिएको भन्दै उजुरी दिएका हुन् । 

द्धारिकलाल चौधरीले आफ्नो गरिखाने बाटो बन्द गराउन लागेको र शान्ति सुरक्षा समेत माग गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन । ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीका अनुसार शाहले आँफूहरुलाई गुनासो गरेको प्रतिक्रिया दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘उहाँहरुले गुनासो गर्नुभएको छ, हामीले बसेर असमझदारीको बिषयमा छलफल गर्छौँ ।’ राजधानी दैनिकमा विवेक विवश रेग्मी लेख्छन् । 

केही दिन यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र नेकपा नेता तथा खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईँ बीचको विवाद चर्किदैँ गएको छ । आईतबार मात्र उपमहानगरपालिकाले चौलागाईँको घर खाली गर्न ७ दिने अल्टिमेटम दिएको छ । आईतबार नै मेयर द्धारिकलालले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, ‘निजलाई मैले कारबाही गर्न अख्तियारमा उजुरी गरेको छु, रामप्रसाद अहिले बिक्षिप्त छन् ।’ 

चौलागाईँले यसअघि मेयर चौधरीले ४५ लाख रुपैँया मागेको र आँफूले नदिएको आरोप लगाएका थिए । तर, मेयर चौधरीले त्यसको खण्डन गर्दै भनेका छन्, ‘मैले २ कट्ठा जग्गा ८० लाखमा बेचेर रिन तिरेको हुँ ।’ मेयर चौधरीले शनिबार मात्रै इटहरी १० मा सरकारी जग्गा हडपेर घर बनाएको भन्दै तीन वटा घरमा डोजर चलाएका थिए । मेयर चौधरीले पछिल्ला केही दिनमा गरेका गतिविधि विरुद्ध इटहरीबासी आतकिंत भएको स्थानीयले गुनासो गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *