चीनमा नेपाली अलपत्र पर्दा, प्रधानमन्त्री मुरलीको धुनमा : कांग्रेस

माघ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले कोराना भाइसरले आक्रान्त बनेको चीनबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन भन्दा प्रधानमन्त्री सारंगी बजाउनमा व्यस्त भएको आरोप लगाएकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद संग्रौलाले कोरोना संक्रमित क्षेत्र चीनबाट नेपालीले आफूहरुको उद्धार गर्न माग गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सारंगी साँझमा व्यस्त हुनु लाजमर्दाे भएको बताइन् । उनले भनिन्, ‘यदी ‘निरोको तस्वीर भैदिएको भए निरोको तस्वीरसँग प्रधानमन्त्रीको तस्वीर उस्तै देखिन्थ्यो होला । तर निरोको प्रवृतीसँग प्रधानमन्त्रीको यो कार्य मिल्दो जुल्दो छ ।’
उनले अगाडि भनिन्, ‘ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ््नालाई उन्मिुक्ति दिने, फरक विचार बोक्नेलाई जेल पठाउँने तयारी गर्दा प्रतिपक्ष आन्दोलनमा छ, विपन्न नागरिकहरुको जाडोमा एक जोर न्यानो लुगा फेर्न हैसियत छैन, कर्णालीमा सिटोमोल अभावले तीन सातामा नौ जनाको ज्यान गएको छ, चुरे दोहन उत्कर्षमा छ, महंगी आकासिएको छ, नागरिकको दैनिकी अस्तव्यस्त छ, तर प्रधानमन्त्री ज्यू मुरलीको धुनमा हुनुहुन्छ, । उनले भनिन्, ‘म सोच्ने गर्छु चीनमा अलपत्र नेपालीले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान्, कति लाज लाग्यो होला ?’

त्यस्तै सांसद संग्रौला पाँच अर्ब रुपैंया नोक्सान हुने गरि यती समुहलाई दरबार मार्गको जग्गा किन दिएको भन्दै प्रश्न गरिन् । उनले सरकारलाई यती समूहसँग सति जानुको कारण के हो भनी प्रश्न समेत गरिन् ।








