बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्तावमा प्रधानमन्त्रीकाे असन्तुष्टि

फागुन १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयकाे पूर्ण कमिटी बैठकले सर्वसम्मत रूपमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जाहेर गरेका छन् ।  

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यही फागुन १६ गतेबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक सिटका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले केही घण्टामै उक्त सिफारिसमा असन्तुष्टि व्यक्त गरेको श्रोतको दावी छ ।   

प्रधानमन्त्री ओलीले आफूबिरुद्ध पार्टीभित्रबाट षड्यन्त्र भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा निरन्तरता दिने मनसाय जताएका नेकपा सचिवालय श्रोतले बतायो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =