कोका–कोला मोःमोः उत्सवको पाँचौँ संस्करण हुँदै

माघ २२, काठमाडौँ । कोका–कोला मोःमोःउत्सव नेपालमा पाचौंँ संस्करण हुन लागेको छ ।  हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव एक पर्व हो जसले नेपालीहरुको प्रिय पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनको प्रतीत गर्दछ । 

विगत चार वर्षको सफलताका साथ मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ । यो अभियानको ट्याग लाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । 

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ । यस अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् । 

यस अभियानका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।” 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।” 

यसबाहेक, मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ । यसका साथै मोःमोःउत्सव पारखीहरुका लागी यस वर्ष कोका–कोला नेपालले थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोका–कोला मोःमोःउत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि तपाईंहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु cocacolanepal र फलो गर्नु पर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =