५ हजार घुससहित सवइन्जिनियर पक्राउ

फागुन ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरमा एक सवइन्जिनियरलाई घुस रकम ५ हजारसहित पक्राउ गरेकाे छ ।   

अख्तियारका अनुसार सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा रंगेहात भोजपुर आमचोक गाउँपालिकामा कार्यरत सवइन्जिनियर (करार) बिष्णुकुमार राईलाई पक्राउ गरिएको हो ।   

अख्तियारका अनुसार उनले सेवाग्राहीसँग  हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि घुस लिएका थिए ।   

Image result for ५ हजार घुस

राईलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले आमचोक गाउँपालिका वडा नं ७ स्थित हर्दिलाबाट पक्राउ गरेको हो । 

पक्राउ परेका राईमाथी थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =