ललिता निवास जग्गा प्रकरण : बाबुरामले भने देशलाई आवश्यक परे ‘निलकण्ठ’ बन्न तयार छु

माघ २३, काठमाडौं । संघीय समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे सामाजाीक सञ्जाल ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि सोही प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री डा.  प्रतिक्रिया दिँदै उनले अख्तियारको प्रशंसा गर्दै दोषीलाई छोड्ने र निर्दाेषलाई फसाउने काम नहोस् भने ।   

उनले ट्वीट गर्दै भनेका छन्, ‘देशमा व्याप्त भ्रष्टाचार रुपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग्य छ तर प्रथमदृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिदा ।।२’ 

साथै उनले असहजता महसुस गरेको भन्दै देशलाई आवश्यक पर्छ भने आफुपिन निलकण्ठ बन्न तयार रहेको जिकिर गरे । उनले भने, ‘मैले पनि असहजता महसूस गरेको छु ! सुर(असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु ! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्वा ! जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =