आईभोमीको चारवटा मोडलका मोवाइल बजारमा

फागुन १६, काठमाडौँ । नेपालको आधिकारीक बिक्रेता प्राइड इम्पोर्ट एक्सपोर्ट टेड प्रा.लि. ले आईभोमीका चार वटा नयाँ ब्रान्डको मोबाइल बजारमा ल्याएको छ ।   

राजधानीको न्यूरोडमा रहेको बिरा कम्पलेक्समा पत्रकार सम्मेलन गर्दै कम्पनीले चारवटा नयाँ ब्रान्डको मोवाइल सार्वजनिक गरेको हो । हालसम्म आईभोमीले ८ वटा मोडल बजारमा उपलब्ध गराएको छ ।  कम्पनीले आईभी १०१, आई १, आई १ एस र आई २ मोडलको मोबाइल सार्वजनिक गरेको हो । मोबाइलको एक हजारदेखि १७ सयसम्म मूल्य रहेको छ ।   

बजारमा आएका नयाँ मोडलको मोबाइलमा नयाँ प्याकिगंको साथमा २ मिटर लामो चार्जिगं तारको साथसाथै प्रत्येक मोडलमा केही न केही नयाँ कुरा राखेको कम्पनीको दावी छ ।   आईभोमीको मोबाइलहरु सबैमा बिटी कलिग सेवा पनि उपलब्ध छ ।  बलियो डिलर नेटवर्क र स्मार्टसेल्स टिमले गर्दा अब आउने केही महिनामै आईभोमीले नेपालमा राम्रो स्थान ओगट्ने कुरामा कम्पनी विश्वस्त रहेको नेपालका लागि कन्टी म्यानेजर विनय जोशीले बताए ।   

कम्पनीले आईभोमी मोबाइल भारत, नेपाल, बंगलादेश, फिलिपिन्स यु एई र केही अफ्रिकी देशहरुमा आफ्नो व्यापार सुरु गरिसकेको अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले भने, भारतमा आईभोमी ब्रान्डले अमेजन, स्नैपडील, फ्लिपकार्ड, आदिबाट अनलाइनमा स्मार्टफोनको व्यापार गरिरहेको छ । यो क्षेत्रमा  यसको व्यापार राम्ररी फस्टाएको छ ।   

आईभोमीले चारवर्ष पहिले चिनबाट इलेक्ट्रोनिक्स सामान उत्पादन सुरु गरेको हो । यो ब्रान्डको उद्देश्य धेरै सुविधा भएको  गुणस्तरीय सामानहरुलाई सस्तो मुल्यमा बजारमा ल्याउनु हो ।   

पत्रकार सम्मलेनमा कम्पनीका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारीले आईभी ब्रान्डले नेपाली बजारमा मोवाइल फोन मात्र नभएर मोबाइल एसोसेरिज मल्टिमिडिया स्पिकर र इलेक्ट्रोनिक्स गाडी चाँडै नै ल्याउन लागेको समेत जानकारी दिँदै उनले भने, ‘दिर्घकालीन लक्ष्यहरुको साथमा ब्रान्डलाई अगाडि बढाउनको लागि मुख्य ध्यान सर्भिसमा पनि दिइएको छ । यसको लागि नेपालको बिभिन्न स्थानमा २६ सर्भिस सेन्टर छन् ।’ 

आईभोमी ब्रान्डले २०२० मा नेपाली बजारमा आक्रमक बिक्री योजनाको लक्ष्य लिएको छ । कम्पनीको आगामी ६ महिनामा विभिन्न फिचरको १० भन्दा बढी मोडलका मोवाइल बजारमा ल्याउने अपेक्षा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *