वाइवाइ ग्लोकल टीन हिरो इन्डिया २०२० को आवेदन आह्वान

फागुन ६, काठमाडौं । ‘वाइवाइ ग्लोकल टीन हिरो इन्डिया–२०२०’ दोस्रो संस्करणका लागि आवेदन आह्वान गरिएको छ ।
ग्लोकल प्रालि र भारतीय राजदूतावासले काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यकम्र आयोजना गरी वाइवाइ ग्लोकल टीन हिरो इन्डियाको दोस्रो संस्करणको घोषणा गर्दै आवदेन आह्वान गरेको हो ।
यस प्रतिस्पर्धा तथा कार्यक्रमले किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकको विश्वास छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ्ग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर–किशोरीहरुले आवेदन भर्न सक्नेछन् ।
२०१९ मा ग्लोकल टीन हिरोबाट विभन्न क्षेत्रका भारतीय किशोर किशोरीहरु सम्मानित भएका थिए । ग्लोकल प्रालिका संस्थापक आशिष ठाकुर भन्छन्– ‘हामी नेपालबाट मात्र नभइ दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनीहरु प्रतिभालाई बिश्वमाझ चिनाउन अग्रसर रहेका छौँ ।’
पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तर्वार्ता र दस्तावेज समिक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२० को विजेता घोषणा गरिने छ ।
ग्लोकल टीन हिरो इन्डियाको अवेदन जनवरी ७ देखि नै खुल्ला गरिसकिएको आयोजकले जनाएको छ । आवेदकहरुको आवेदनको महत्वपूर्ण मुल्याङ्कन सात जना निर्णयक टोलीले गर्नेछन् । राज्य सभाका प्रतिनिधि वन्दना हेमन्त चावन, CDYA का सचिव म्याथएव म्याथम तथा अदामस विश्वविद्यालयका भाइस चन्सेलओर प्रोफ । उज्ज्वल चौधरी टीन हिरो का निर्णयक टोली रहने छन् ।
ग्लोकल टीन हिरो ईन्डिया २०२० को पुरस्कार समारोह जुन ४,२०२० पुने, ईन्डियामा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी ईन्डियाका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो ।








