७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० काठमाडौँमा

फागुन ५, काठमाडौ । नेपाल युवा परिषदले यस वर्षको ७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० काठमाडौँमा गर्ने भएको छ ।   

यस परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अर्न्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको हो ।   

निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन  ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म चल्नेछ । 

४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक विश्वस्त  छ ।  जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०२० मा सहभागि हुन पाउनेछन् । 

उक्त सम्मेलनमा सहभागि हुन आउने युवाहरुले स्थानिय सरकारसंग सोही जिल्लामा अध्ययन गरि बसिरहेको वा व्यवसाय गरि बसिरहेको वा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागि हुन पाउनेछ । प्रत्येक प्रदेशका सहभागिहरुले सम्मेलनमा सहभागि हुन आउनु भन्दा अगाडी पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ साथै सम्मेलनमा सहभागि भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, प्रदेश योजना आयोग र स्थानीय निकायहरुलाई बुझाउनेछन् ।  

साथै उक्त घोषणापत्र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका सरोकारवाला नियकायहरु बुझाई आगामी बर्षको निति तथा कार्यक्रमा युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल गर्ने गरी यस सम्मेलनको तयारी गरी रहेको जानकारी गराउदछौ । नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरुले सक्रिय रुपमा कार्य गरिरहेका छन् । 

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १/१ स्टल दिईन्छ । जहाँ सहभागिहरुले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् उक्त स्टल ४ दिनसम्म नै कार्यक्रम स्थलमा राखिनेछ । ४ दिनको अबधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवद्र्धन गर्नको निम्ति राखिने साम्रगीहरु सहभागिहरुले आफैले ल्याउनु पर्ने हुन्छ । 

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनु पर्नेछ । गत बर्ष झैं यसपटक पनि प्रत्येक प्रदेशले बनाएको बिभिन्न कार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ । सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन ९नेपाल भ्रमण बर्ष २०२०० लाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =