बिहान ३ बजे बलिउड अमिताभले सोधे ‘यार, यो चश्माको फेसन कसले बनायो? फ्यानले फर्काए रोचक जवाफ

फागुन १३, काठमाडौँ । बलिउड पिता अमिताभ बच्चनले  बिहानको ३ बजेको समयमा ‘यार, यो चश्माको फेसन कसले बनायो ? तर जसले पनि बनायो, सही बनायो भनेपछी उनका फ्यानले निकै रोचक जवाफ फर्काएका छन् ।   

उनले आज बिहान सामाजिक संजाल इन्स्टाग्राममा चस्मा लगाएको आफ्नो फोटो सेयर गर्दै ‘यार, यो चश्माको फेसन कसले बनायो ? तर जसले पनि बनायो, सही बनायो । उमेर बढेसँग आँखाको चारैतिर जुन चाउरी पर्छ, त्यो पछाडि नै लुक्छ ।’ लेखेपछी उनको फ्यानले रोचक जवाफ फर्काएका हुन् ।   

उनका एक फ्यानले उनले गरेको प्रश्नको जवाफमा लेखेका छन्, ‘सर, सुत्नुभएन कि कसो ?’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर, के भयो ? आज निद्रा लागेन कि कसो ?’ साथै अर्का एक प्रयोगकर्ताले लेखे, ‘सर सुत्नुहोस् ।’ 

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘कम्प्युटर जीलाई सोध्नुहोस्, उनलाई थाहा होला ।’ यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘सर राती ३ बजे तपाईंको यो पोष्टले भन्छ कि तपाईंलाई हामीसँग टचमा रहन कति मनपर्छ ।’ 

समाजिक संजालमा निकै सक्रिय हुने अभिताभ बच्चन बेलामौकामा  ट्वीटर र इन्स्टाग्राममा बिभिन्न कुराहरु लेखेर सेयर गरिरहेका हुन्छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =