बलात्कार गरी फरार एक आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ

माघ २०, धादिङ । गएको जेठमा एक युवतीलाई बलात्कार गरेर फरार रहेका युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । धादिङको गजुरीमा एक १६ वर्षे युवतीलाई बलात्कार गरि फरार भएका गजुरी गाउँपालिका–८ बस्नेतगाउँका स्काभेटर चालक हरि कृष्ण भन्ने हेमन सिंह बस्नेतलाई प्रहरीले सोमबार ज्ञिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
बस्नेतले गत जेठ १४ गते सोही गाउँपालिकाको हलेदेखोलाकी १६ वर्षे युवतीलाई राति आफ्नै घरमा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरेर मुख थुनी जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
सोही समयदेखि फरार रही भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसेका थिए। हालै नेपाल आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा सोमबार बस्नेतलाई पक्राउ गरेको हो।

ब्यूरोले उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ ।








