वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

माघ २०, मकवानपुर । वाग्मती प्रदेशसभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ । दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए ।   

 वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ । प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो ।   

रासस  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 6 =