‘एमसीसी कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर मात्र पारित हुन्छ’

तस्विरः फायल 

फागुन १७, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र पारित हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए । 

प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको भन्दैमा अमेरिकाले तयार गरेकै एजेण्डामा सम्झौता गर्न नहुने बताए ।   

एमसीसी सहयोग अमेरिकी सरकारसँग लिन चाहेको सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने गर्ने अध्यक्ष दाहालले बताए । उनले अमेरिकाले नेपालको आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने पनि जिकिर गरे । ‘नेपाल र अमेरिका विच सुमधुर सम्बन्ध छ । नेपालको हितमा हुने गरी एमसीसी लिने विषयमा सुझाव सहित आग्रह गर्दा अमेरिकाले नमाने एमसीसी स्विकार्य हुँदैन ।’ उनले भने । 

उनले तत्काल संविधान संशोधन नहुने पनि बताए । साथै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने जिकिर पनि गरे । पार्टी भित्र देखिएको विवाद दुई अध्यक्षको समझदारीमा समाधान गर्ने बताउँदै त्यसलाई अतिरञ्जित बनाउन नहुने बताए ।   

आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुनकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रबार दाहाल सुकुटे आएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *