आज बढ्यो सुनको भाउ, हेर्नुस् आजको भाउ

माघ १९, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ साताको पहिलो दिन आज आईतबार तोला ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

शुक्रबार प्रतितोलो ७६ हजार रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार शुक्रबार प्रतितोला ७५ हजार ७ सयले कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७६ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for बढ्यो सुनको भाउ

आईबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बढेको  महासंघले जनाएको छ । महासंघका अनुसार  शुक्रबार प्रतितोला   ८ सय ९० रुपैयाँले बिक्रीबितरण भएको चाँदी आज प्रतितोला ८ सय ९५ रुपैयाँले कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *