काठमाडौँमा बसले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरी घाइते

फाेटाे फाइल 

माघ १९, काठमाडौँ । काठमाडौँमा  बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएकी छिन् । 

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसले  ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो भने सोही स्कुटरमा सवार अर्का व्यक्ति गम्भिर घाइते भएकी हुन् ।   

Image result for बसले स्कुटरलाई ठक्कर दिँदा

मृत्यु हुनेमा धादिङकी ४८ वर्षीय लीला घले रहेकी छिन् भने घाइते हुनेमा उनकी छोरी २६ वर्षीय छोरी प्रमिला घले रहेकी छिन् ।   

प्रहरीका अनुसार घाइते प्रमिलाको उपचार मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ ।  उनीहरुलाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई कारवाहीको लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *