अमेरिकी दूतावासको कर्मचारी भन्दै लाखौं ठग्ने पक्राउ

 फागुन १६, काठमाडौं । बिहिबार दिउँसो नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।   

प्रहरीले दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भन्दै  लाखौं रुपैयाँ ठगी गरेको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ का ४१ वर्षीय विकास भनिने केदार खड्का रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।   

प्रहरीका अनुसार उनी संलग्न ठगीका श्रृंखलाबारे विस्तृत अनुसन्धान भइरहेको भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 1 =