गायक रविन कन्दङ्वाको ‘सपनाको भारी’ मा आकाश (भिडियाेसहित)
२०७६ माघ २४ गते

माघ २४, काठमाडौं । गायक रविन कन्दङ्वाको तेस्रो म्यूजिक भिडियो ‘सपनाको भारी’ आज सार्वजनिक भएको छ ।
ट्वील्भ नोट्स युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको भिडियोमा अभिनेता तथा मोडल आकाश श्रेष्ठ र प्रियंका खड्का फिचर्ड छन् ।
उदित प्रकाश सिग्देलको शब्द रचना, हरि लम्सालको संगीत एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ–मास्टरिङ निर्माण भएको गीतलाई बुद्ध थापाले खिचेका हुन् । काठमाडौंको हात्तीवन र ग्वार्कोमा खिचिएको सो वियोगान्त म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काले निर्देशन गरेका हुन् ।

गायक कन्दङ्वाले यसभन्दा अघि ‘तिमी मेरी दिलहिरा’ र अनप्लग भर्सनमा ‘दिलहिरा’‘ को म्यूजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।
भिडियोः
https://youtu.be/B9WNpjO8hf4
२०७६ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








