नेकपाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास, वामदेव उपाध्यक्ष चयन

माघ १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पास गरेको छ ।   

बुधबारदेखि सुरु बैठकको आज अन्तिम दिन समूहगत छलफलपछि उक्त राजनीतिक प्रतिवेदन पास भएको हो। बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो ।   

छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए ।   

त्यस्तै वामदेवलाई उपाध्यक्ष बनाउने गरी महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोनको प्रस्ताव पनि बैठकमा पारित भएको छ । विधान संशोधनको प्रस्ताव पारित भएसँगै वामदेव नेकपाको उपाध्यक्ष हुने पक्का भएको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =