आफ्नो झनक्क रिसाउने बानीलाई यसरी कन्टोल गर्नुस्

फागुन १४ । हामी मान्छे अनुसार स्वभाव सबैको फरक ,फरक पाउछौ । कोइ शान्त स्वभावका हुन्छौ,कोइ रिशालु । आफ्नो स्वभावका कारण पनि हामि धेरै ठाउमा समस्यामा परिरहेका हुन्छौ । तर हामीले आफ्नो व्यवहार ठाउँअनुसार परिवर्तन गर्नसकेमा मात्र हामी अगाडी बढ्न् सक्छाैँ ।
जस्तै कुन समय के बोल्ने, कुनै मानिसलाई केहि कुरा कसरी समझाउने र कुन बेला कस्तो व्यवहार गर्ने । महाभारतमा शिशुपालले राजाको सभामा भगवान श्रीकृष्णको अपमान गरे । यसमा श्रीकृष्ण निकै समयसम्म चुप रहे, तर उनलाई जब नबोल्नु कायरता हुनेछ भन्ने लाग्यो तब उनले सभामा सुदर्शन चक्रको प्रयोग गरे । तपाई चाँडो-चाँडो रिसाउनुहुन्छ भने सबैभन्दा पहिले तपाईले गुमाउने चीज हो सम्बन्ध।
क्रोधको आगोले सबैभन्दा पहिले सम्बन्धलाई जलाउछ । पुस्तौदेखि चलिरहेको सम्बन्ध पनि क्षणिक क्रोधको बलि बन्छ । दोस्रो आफन्त प्रति निष्ठा। नातामा दरार आए निष्ठा सबैभन्दा पहिले चिरा पर्छ । त्यसपछि सम्मान जान्छ। यदी तपाई पटक पटक कोहि प्रति क्रोध गर्नुहुन्छ भने तपाई उसको नजरमा आफ्नो सम्मान पनि गुमाउनु हुन्छ । । तपाई प्रति मानिसहरुको विश्वास उड्छ । त्यसपछि स्वभाव र स्वास्थ्य। भन्नुको अर्थ मानिस तपाईसँग देखिन्छन तर वास्तवमा उनिहरु तपाई पक्षमा हुदैनन् ।

यसरी पाउन सकिन्छ रिसबाट छुटकारा
सधै मुहारमा मुस्कान हुनुपर्छ । कुनैपनि कुरा गहिरोसँग सोच्नुहोस क्षणिक आवेगमा आफ्नो प्रतिक्रिया व्यक्त नगर्नुहोस । सही समयलाई पर्खनुहोस्। कृष्णसँग सिक्नुहोस आफ्नो स्वभावमा कसरी रहने। उनले कहिले पनि क्षणिक आवेगमा कुने प्रतिक्रिया दिएनन् ।सधै परिस्थितिलाई गम्भीरता पुर्वक हेर्थे। शिशुपाल अपमान गरि रह्यो , तर उनि सही समयको पर्खाइमा रहे । समय आएपछि उनले शिशुपाललाई मारे ।
आफ्नो दिनचर्यामा ध्यान योग र मुहारमा मुस्कालाई स्थान दिनुहोस । यी दुवै चिजले तपाईको व्यक्तित्वमा ठुलो परिवर्तन ल्याउने छ । कुनै पनि स्थितिसँग जुध्नको लागि तपाईलाई तयार बनाउनेछ । एजेन्सी








