साफोगको अन्तर्राष्ट्रिय सम्मेलनले स्वास्थ्य अनुसन्धानको ढोका खोल्ने : स्वास्थ्यमन्त्री ढकाल

फागुन १०, विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले (South Asian Federation Of Urogynaecology (safug) को सम्मेलन भारतपछि नेपालमा पहिलो पटक भएकाले प्रसुति तथा महिलाहरुसँग सम्बन्धित रोगहरुको निदान गर्ने बताएका छन् । उनले आगामी दिनमा सार्क राष्टका देशहरूमा साफोगको सम्मेलन हुँदै जाने भएकोले ती देशहरूमा समेत प्रसुति तथा महिलाहरूसँग सम्बन्धित रोगहरूको निदानमा सहकार्य र सहयोगको ढोका खोल्ने बताए । 

मन्त्री ढकालले बिराटनगरमा विराट मेडिकल कलेज र साउथ एसियन फेडरेशन युरोगाईनोलोजी नेसोगको पूर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक  शुक्रबारबाट शुरू भएको सम्मेलनको उद्घाटन सत्रमा उक्त कुरा बताएका हुन् । 

मन्त्री ढकालले सार्क स्तरीय सम्मेलनहरुले ती देशहरूसँगको सम्बन्ध सुधार्न समेत ठूलो टेवा पुग्ने बताए । उनले स्वास्थ्य सेवामा विराट मेडिकल कलेजले उदाहरणीय सम्मेलन आयोजना गरेको बताउँदै कार्यक्रम तथा विराट मेडिकल कलेजका अध्यक्ष, साफोगका सदस्य तथा नेसोगका पूर्व क्षेत्रिय शाखा अध्यक्ष डा। ज्ञानेन्द्र मान सिंह कार्कीलाई आभार र धन्यवाद पनि ब्यक्त गरे ।  

ढकालले यस कार्यक्रममा स्वेतपत्र प्रस्तुत गर्ने बिद्धानहरुको प्रशंशा ब्यक्त गर्दै स्वेतपत्रको माध्यमबाट विभिन्न रोगहरुको बारेमा पर्याप्त जानकारी गराउन जागरण अभियानका लागि पनि सहयोग पुग्ने विस्वास ब्यक्त गरे । उनले यस्ता सम्मेलन र बिदेशी मित्रहरुको संगतबाट नराम्रो प्रवृत्ति दुर हुन सके समाज सुधार्न निम्ति सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । ढकालले बिदेशीले गोर्खा भर्तीको निम्ति नेपाली युवाहरुको छाती नाप्न आउँदा उनीहरु बिरामी हुन्छ कि भनेर घोपा क्याम्प (वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना) गरेको बताए ।   

उनले अहिले वीपी प्रतिष्ठान हेर्दाहेर्दै हाम्रै अकर्यमन्यताका कारण ढल्छ कि भन्ने अवस्था रहेको बताउँदै सबैले वीपी प्रतिष्ठानलाइ सुधार्न सचेत हुनुपर्ने बताए   

आज शनिबार सम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली मुलुक पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अष्ट्रेलिया, बेलायत, सिंगापुर लगायत देशबाट करिब १५० जना वरिष्ठ चिकित्सकहरुको सहभागीता रहेको छ भने मुलुकका विभिन्न भागका स्वास्थ्य संस्थाहरूका विशेषज्ञ चिकित्सकहरु गरी करिव २ सय जनाको सहभागीता रहेको छ ।  

सम्मेलनमा डा.बिनीत मिश्रा, डा.कुसम थापा, डा. मोहन चन्द्र रेग्मी, डा. शेरसाह सहिद, डा. आमिरा, डा. रहिला मोसीन लगायतले बोलेका थिए । 

सम्मेलनकै क्रममा शुक्रबार १० जना बिरामीको निः शुल्क शल्यक्रिया गर्नुका साथै उक्त शल्यक्रियाको प्रत्यक्ष प्रसारण समेत सम्मेलनमा गरिएको थियो । सोही सम्मेलनमा नाम दर्ता गराएर शल्यक्रिया गर्न बाँकी बिरामीहरुलाई बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नै उपचार सेवा दिनेछ ।   

लाईभ सर्जरीको माध्यमबाट विराट मेडिकलका विशेषज्ञ चिकित्सकहरु साथै अन्य राष्ट्रका विशेषज्ञहरु चिकित्सकहरुले यौनाङ्ग नभएका तथा अविकसित भएका यौनाङ्ग बनाउनुका साथै गम्भिर प्रकृतिका महिलाहरुमा हुने मुत्र रोग लगायतका समस्याहरुको सामाधान र चिकित्सकहरुबीच ज्ञानको आदान प्रदान गरेका थिए । 

साउथ एशियन फेडरेशन युरोगाईनोलोजी नेसोग नेपालका अध्यक्ष डा. ज्ञानेद्रमान सिंह कार्कीको अध्यक्षतामा भईरहेको कार्यक्रममा चिकित्सकहरुले चिकित्सा क्षेत्रको खोजमुलक अनुसन्धान तथा उपलब्धिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र अनुभव आदान प्रदान गर्ने प्रमुख उद्देश्य रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =