बारामा एसपी कृष्ण पंगेनी, चितवनमा गुरूङ

माघ २१, काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही जिल्लाका एसपीहरूको सरूवा गरेको छ । 

एक महिना देखि खाली रहेको चितवन प्रहरी प्रमुखमा एसपी नान्तीराज गुरूङ र वारामा कृष्ण पंगेनीलाई पठाइएको हो । 

चितवनमा रहेका एसपी दानबहादुर मल्लले चार्ज बुझाएपछि एसपी गंगा पन्तलाई सरूवा गरिएको थियो। पन्तलाई चितवन जान रमना नदिएर अहिले गुरूङलाई सरूवा गरिएको गृहको स्रोतले बताएको छ । 

null

प्रहरी हेडक्वाटरले एसपी पन्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा समाल्ने गरी जिम्मेवारीमा पठाएको हो । पर्सा चोरी निकासी लगायत विभिन्न चुनौतीका हिसावले महत्त्वपूर्ण शान्ति सुरक्षा निभाउनु पर्ने स्थानका रूपले हेरिन्छ ।   

पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर काठमाडौं प्रहरी परिसर सरूवा गरेको छ । 

बारामा एसपी कृष्ण पंगेनीलाई पठाइएको छ । पंगेनी काठमाडौ उपत्यकाको काठमाडौ प्रहरी परिसर, थानकोट, अख्तियार जस्ता स्थानमा बसेर कुशल कार्य शैली, अपराध अनुसन्धानमा पोख्त सिनियर अधिकृत हुन् । 

यस अघि कृष्ण पंगेनीलाई चितवन प्रहरी प्रमुखको जिम्मेवारी दिने कुरा चलेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =