ग्याँस बोकेको गाडी दुर्घटना, एकको मृत्यु, दुई घाइते

फागुन ४, बुटवल । ग्याँस बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।   

दुर्घटनामा गाडी चालक दाङका ३० वर्षीय असकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि क्रिमशन अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   

आइतबार दिउँसो बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको ग्यास बोकेको गाडीले अनियन्त्रित भइ लु१९प ५३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

null

घाइते हुनेमा मोटरसाइकल चालक पाल्पा जिल्ला तिनाउ गाउँपालिका १ का  ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का छन् । 

घाइते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =