प्लेन ‘डिले’ले जुरेको भेट, प्रचण्ड र भट्टराई एकै ठाउँमा

फागुन ४, काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई आइतबार एउटै ठाउँमा भेटिएका छन् । यो भेट भने संयोगले भएको हो ।   

पार्टी अलग भएपछि एकै ठाउँमा विरलै भेटिने प्रचण्ड र भट्टराईको आइतबार विहानको भेट भने काठमाडौंस्थित त्रिभुवन विमानस्थलले जुराइ दिएको हो । प्रचण्ड पार्टी कार्यक्रमका लागि नेपालगञ्ज जान लागेका थिए भने भट्टराई पोखरा । तर समयमा जहाज नउडेपछि उनीहरु एयरपोर्टमै केही घण्टा अड्किएका हुन् ।   

जहाज डिले भएपछि प्रचण्ड बाबुराम, रामबहादुर थापा ‘बादल’ अर्का नेता टोपबहादुर रायमाझीलगायतका नेताले तीन घण्टासम्म कुर्नुपरेको थियो ।   

यसै कुराइ र भेटलाई डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत अभिव्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =