यसपटककाे ओस्कर अवार्डमा मनोनितले पाउनेछन् २ करोड बढीको उपहार

माघ २४,  काठमाडाैँ, रासस । ९ फेब्रुअरीमा डल्बी थिएटरमा हुन लागेको २०२० को ओस्कर अवार्ड कार्यक्रमका यसपटकका मनोनितको गुडी ब्याग निकै विशेष हुने भएको छ । सधैं झैं ओस्करमा मनोनित हुनेहरुलाई यो गुडी ब्याग अवार्ड नाइट हुनु अघि नै दिइनेछ । यो गुडी ब्याग मनोनितलाई ओस्कर वीकको क्रममा दिने गरिन्छ । जो यति विलासी हुन्छन् कि तपाईंले सायदै सोच्नुभएको होला । 

गत वर्ष एक लाख डलर मूल्यको थियोः 

पछिल्लो दुई दशकदेखि मार्केटिङ एजेन्सीले विशेष प्रकारका विभिन्न सामग्री बटुलेर गुडी ब्याग बनाउँदै आएका छन् जुन उत्कृष्ट नायक–नायिका, उत्कृष्ट सह नायक–नायिका, उत्कृष्त निर्देशकजस्ता विधाका लागि बनाइएको हुन्छ । एजेन्सीले यसको मूल्य कति हो भनेर त जानकारी दिएको छैन  तर गत वर्ष यसको मूल्य करिब एक लाख डलरको बताइएको छ । 

यसटकको गुडी ब्यागमा के के छन् ? 

एजेन्सीले यसपटक दिइने गुडी ब्यागबारे जानकारी सार्वजनिक गरेको छ । सिनेट डट कमको खबर अनुसार यसपटकको ब्यागमा मिलियानाको क्रिस्टल इयररिंग, २४ क्यारेटको सुनको पेन र १२ दिनको क्रुज यात्रा  (मूल्य ७८ हजार डलर) समावेश छन् । मनोनितलाई मेडिटेशन ह्यान्ड ब्यान्ड र युरिन कलेक्टर पनि दिइनेछ । यसबाहेक एक वर्षको लिभ इट अपको सदस्यता पनि हासिल गर्नेछन् । 

खानपिन देखि थेरापीसम्मः 

यस पटकको स्वाग ब्यागमा मिल किट, न्यूट्रिशन बार, अरोमाथेरेपीको गिफ्ट सेट रहेको छ जसमा स्लिप सपोर्ट रोलरबल, हनि मिन्ट लिप बाम र बडी ओइल पनि हुनेछ । एजेन्सीका संस्थापक ल्याश फेरीले भने, ‘हामी आधिकारिक रुपमा यो गिफ्ट ब्यागको मूल्य बताउन सक्दैनौं । तर यो अहिलेसम्मकै उत्कृष्ट संकलन हो ।’ 

यो पाउने पनि सम्भावना छः 

– गोल्ड सिल्भर मून ब्रासलेट 

– १० नीजि ट्रेनिङ सेसन 

– जोन थामनको स्टेन्ड ग्लास पोट्रेट 

– ककटेल मकटेलका लागि प्रयोग हुने सिरप 

– २५ हजार डलर सम्मको बोटेक्स उपचार 

– स्पेनको लाइट हाउसमा स्टे 

– ओल्ड स्पाइसको डियोड्रेन्ट 

– बुलेट प्रूफ सिक्योरिटी ढोका 

– वकिकी होटलमा पाँच रातको स्टे 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =