आज फागुन १७ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ फागुन १७। शनिबार। इ.स. २०२० फेब्रुवरी २९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। षष्ठी, ३१:२३ उप्रान्त सप्तमी। नक्षत्र– भरणी, २७:२८ बजेउप्रान्त कृत्तिका। योग– ब्रह्म, ९:४३ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १८:४३ बजेदेखि तैतिल, ३१:२३ बजेउप्रान्त गर। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ९ पला। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजनपनि पाईनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योगपनि रहेको छ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्चपनि हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योगपनि छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।  

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =