धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को विदेश राइट्स बिक्यो १ करोड १५ लाखमा

माघ २१, काठमाडौँ ।   कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे  (धुर्मुस–सुन्तली) द्वारा अभिनित चलचित्र  ‘सेन्टी भाइरस’को विदेश राइट्स  १ करोड १५ लाखमा  बिक्री भएको छ ।   

चलचित्रको विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले उक्त रकममा खरिद गरेको चलचित्रका पात्र तथा निर्माता कट्टेल जानकारी दिए ।   

उनका अनसार सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीविच यस सम्बन्धी सम्झौता भएको छ ।  ।   

‘सेन्टी भाइरस’ को  ५० प्रतिशत नाफा  रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले यस अघी नै जानकारी गराई सकेको छ ।   

नेपालका गाउँमा हुने पारिवारिक राजनीतिको कथालाई उठान गरिएको यस चलचित्रमा श्रीमान् श्रीमतीको घर झगडा, फरक राजनीतिक पार्टीमा आवद्ध हुँदा आउने समस्यामाको बिषयमा देखाउन खोजिएको छ ।   

चलचित्रमा सिताराम कुञ्जनाका अलवा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।  चलचित्रलाई शिवरात्रीको अवसर पारेर फागुन ९ देखि प्रदर्शनमा ल्याउने  भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =