ट्रकको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु, एक घाइते
२०७६ माघ २९ गते

२९ माघ, काठमाडौँ । बुधबार मोरङको बेलबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ५९ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ना५ख ८६८० नम्बरको ट्रकले को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि रहेका बेलबारी नगरपालिका–१ का दिलबहादु खड्का को मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दिलबहादुको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने स्कुटर चालक ५५ वर्षीय नरबहादुर खड्का घाइतेको भएको प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








