कंकाली वनको चुनाव : ८० प्रतिशत मत खस्यो, मतगणना आजै

फागुन १० गते ।  खैरहनी स्थित कंकाली सामुदायिक वनको आगामी कार्यसमिति चयनका लागि भएको चुनावमा ८० प्रतिशत मत खसेको छ ।   

शनिवार भएको मतदानमा कुल २ हजार १ सय ६ मतदाता मध्ये १ हजार ७ सय ५१ मत खसेको निर्वाचन समिति संयोजक शम्भु प्रसाद लामिछानेले बताए ।   

मतदानको मतगणना भने वेलुका ७ वजेतिर सुरु हुने जनाईएको छ । कार्यसमितिको अध्यक्षका लागि नेकपा र नेपाली कांग्रेस निकटका उपभोक्ताहरुले प्यालन बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।   

नेकपाबाट रामेश्वर पोखरेल र नेपाली काग्रेसबाट राममणी न्यौपानेको नेतृत्वमा प्यालन बनाईएको छ । पोखरेल वनको पूर्व सल्लाहाकार हुन् भने न्यौपाने पूर्व अध्यक्ष हुन् । धेरैको वुझाईमा न्यौपानेनै आगामी कार्यकालका लागि निर्वाचित हुने अनुमान छ ।   

पोखरेलको प्यालनबाट वरिष्ठ उपाध्यक्षमा युवराज थापा, उपाध्यक्षमा दलवहादुर वस्नेत, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा कृष्ण वहादुर वस्नेत र सहसचिवमा रामहरी अर्यालको उम्मेदवारी छ । न्यौपानेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा देवी प्रसाद न्यौपाने, उपाध्यक्षमा छविध्वज वुढाथोकी,सचिवमा मनु गुरुङ, कोषाध्यक्षमा तिलक न्यौपाने र सहसचिवमा चन्द्रजंग पाण्डेको उम्मेदवारी छ ।   

लेखा समिति संयोजकमा पोखरेलको प्यानलबाट लेखा समिति संयोजकमा रामकृष्ण खतिवडा, सदस्यहरुमा अर्जुनकुमार सापकोटा र श्याम कार्कीले उम्मेदवारी दिएका छन् । न्यौपानेको प्यानलबाट लेखा समिति संयोजकमा रामशरण अर्याल, सदस्यहरुमा गोपे दमाई र भगवती धरेल चुनावी मैदानमा छन् । आन्तरिक रुपमा वुझ्दा कंकाली वनको चुनाव दलिय प्रभावमा भएको छ ।   

दुवै प्यालनका उम्मेदवारहरु दलहरुलेनै छनौट गरेर पठाएको बुझिएको छ, उम्मेदवारहरुले पनि त्यो कुरा स्वीकार गरेका छन् । मतदानका क्रममा नगरस्तरका नेताहरु मतदान स्थल पुगेर उम्मेदवारहरुलाई समर्थन जनाएको देखिन्थ्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =