जुवा खेली रहेको अवस्थामा महिलासहित ५ प्रहरी नियन्त्रणमा
२०७६ फागुन १३ गते

फागुन १३, काठमाडौँ । मकवानपुरको एक घरबाट जुवा खेली रहेको अवस्थामा महिलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ ।
मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा रहेको एक घरबाट जुवा खेली रहेको अवस्थामा महिलासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पालुङका अनुसार नगद ६४ हजार ७ सय रुपैयाँ र तास सहित थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामीलाई नियन्त्रणमा लिईएको हो ।

उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको यस प्रहरी कार्यालयका निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए ।
२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








