प्रधानमन्त्री ओली झापामा, उद्घाटन र शिलान्यासको चाङ

फागुन ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा पुगेको छन् । यती एयरलाइन्सको नियमित उडानबाट त्यहाँ आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली झापा पुगेका हुन् ।
झापा पुगेका प्रम ओलीले आज दमक कृष्ण मन्दिर–बेलडाँगी जाने सडकको उद्घाटन, दमक–रवि चिसापानी सडकको शिलन्यास र झापा, मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री आवासय कार्यक्रम अन्तर्गत रहेका विभिन्न आवासहरु हस्तान्तरण गर्ने तथा बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि प्रम ओली लामो समयदेखि उपत्यका बाहिर गएका थिएनन् । दशैंपछि पहिलो पटक प्रधानमन्त्री ओली गृहजिल्ला झापा पुगेका हुन् ।

उनी झापा क्षेत्र नम्बर ५ बाट संघीय संसदमा निर्वाचित भएका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।








