बीरगञ्जको प्लाष्टिक उद्योगमा आगलागी

माघ २२, पर्सा । बुधबार बिहान बीरगञ्जको एक प्लाष्टिक उद्योगमामा आगलागी भएको छ ।   

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ मा रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको हो ।   

आगलागीबाट उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भई करिब ७० लाख रुपैयाँ बराबरको क्षति  भएको उद्योग संचालक  बीरगञ्ज–१६ का राजेश दास तत्वाले  जानकारी दिएका छन् ।   

आगोलाई ६ वटा दमकल प्रयोग गरी साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाही जनाए ।   

नायब उपरीक्षक शाहीका अनुसार आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =