प्रदेश लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित

फागुन १२, हेटौँडा । वागमती प्रदेशको प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसहमतिबाट पारित भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोक सेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्तुत गरेको प्रस्ताव वाग्मती प्रदेशसभा बैठकले सर्वसहमतिबाट पारित गरेको हो ।   

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोक सेवा आयोगलाई स्वायत्त, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको बताए। उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।   

बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजे बस्नेछ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =