फोटो खिचाउने क्रममा लडिन् बलिउड रेखा, भाइरल भयो भिडियो
२०७६ फागुन १३ गते

फागुन १३, काठमाडौँ । सदाबहार सुन्दरी भारतीय अभिनेत्री रेखा आफ्ना फ्यानसँग फोटो खिचाउने क्रममा लडेकी छिन् ।
भारतका चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी रेखा आफ्ना फ्यानसँग फोटो खिचेर उठ्ने क्रममा लड्न पुगेकी थिईन् ।
उक्त भाइरल भिडियोमा सुनौलो रङको बोर्डर भएको सेतो सिल्की सारीमा सजिएकी रेखा फ्यानसँग तस्बिर खिच्न फ्लोरमा झरछिन् । फ्लोरमा पुगेपछि उनी कुर्सीमा नबसी भुइँमा बसेर आफ्ना फ्यानसँग तस्बिर खिचिरहेको र त्यसपछि उठ्ने क्रममा सारीमा अल्झिएर लड्न पुगेको दृश्य कैद भएको छ ।

२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








