फेवातालमा डुंगा पल्टियो, एक वेपत्ता

फागुन १२, पोखरा । पोखरा फेवातालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । सोमबार चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिँदा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएको प्रहरीले जनाएको छ । 

डुंगामा ३ जना थिए । २ जनाको भने उद्धार गरिएको छ । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे रहेको प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए ।   

प्रहरीका अनुसार डुंगा चढ्दा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट लगाएको थिएन। हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको छ । 

null

डुंगा पल्टिएको देखेपछि पोखरा महानगरपालिका ८ का एक स्थानीय वासिन्दा उद्धार गर्न गएका थिए । तर, उनी पनि तालमै भएपछि सशस्त्र प्रहरीले उनलाई समेत उद्धार गर्नु परेको थियो । हाल उनको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =