जुवा खेली रहेको अवस्थामा काठमाडौँबाट १० जना पक्राउ

माघ २४, काठमाडौं । जुवा खेली रहेको अवस्थामा तासको बुक र नगद सहित काठमाडौँको थानकोटस्थित दुई ठाउँबाट १० जना पक्राउ परेका छन्  ।   

प्रहरीले चन्द्रागिरी नगरपालिका ४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका ५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने सहित ५ जनालाइ पक्राउ गरेकाे छ ।  बिहिबार दिउँसो पक्राउ परेका उनीहरुको साथबाट  नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास फेला पारेको प्रहरीले जनाएको छ ।   

त्यसैगरी बिहिबार दिउँसो नै चन्द्रागिरी नगरपालिका ४ थानकोटबाटै गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।   

Image result for जुवा

धादिङ केवलपुर गाउँपालिका ५ घर भएका २८ वर्षीय कृष्ण नेपाली सहित ५ जना पक्राउ परेका उनीहरुको साथबाट नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास फेला पारिएको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका उनीहरुमाथी  अनुसन्धान  भईरहेको महानगरी प्रहरी वृत्त थानकोटले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =