सुशिल र रुविनाको ‘लभ डायरीज’ ले पायो शोलो रिलिज

फागुन २, काठमाडौँ । फ्राईडे रिलिजमा सौरभ चौधरीद्वारा निर्देशित चलचित्र ‘लभ डायरीज’ प्रदर्शनमा आएको छ । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रदर्शनमा आएको यस चलचित्रले शोलो रिलिज समेत पाएको छ ।
त्रिकोणात्मक प्रेम कथामा बनेको यस चलचित्रमा नायक सुशिल श्रेष्ठ र नायिका रुविना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायत कलाकारको मूख्य भूमिका रहेको छ ।
लगातार प्रदर्शन मिती सारेको यस चलचित्रले अन्तत चलचित्रको नाम अनुसारको प्रदर्शन मिति पनि प्रेम दिवसलाई नै रोज्यो । गत बुधबार प्रिमियर शो गरिएको यस चलचित्रलाई कलाकारहरुले सकारात्मक प्रतिक्रिया दिएपछी चलचित्रलाई दर्शकले रुचाउने विश्वास यसको निर्माण पक्षको लिएको छ ।

मधु बास्तोलाले कथा, पटकथा तयार पारेको यस चलचित्रलाई बिनोद सापकोटाले निर्माण गरेका हुन् । चलचित्रमा सह निर्माता सरोज तुलाधर रहेका छन् । गत साता प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘साङ्लो र सेल्फी किङ्ग’ले पनि हलमा राम्रो नै प्रतिक्रिया पाईरहेको छ । तर, दुबै चलचित्रको व्यापार भने सन्तोष जनक छैन ।








