मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चालक फरार

माघ २२, मोरङ । मोरङमा गएराती को. २२ प ५९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल एकजनाको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार बुढिगंगा गाउँपालिका–४ पोटियास्थित दुर्घटना हुँदा दुहवी नगरपालिका–२ का ३५ वर्षीय युवराज सुतिहारको मृत्यु भएको हो ।   

दुर्घटनामा परि गम्भिर घाइते भएका  सुतिहारको उपचारको क्रममा बिराट मेडिकल कलेजमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for मोटरसाइकल दुर्घटना"

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका–११ का २१ वर्षीय सुरज ऋषिदेवको भने अस्पतालमा उपचार भईरहेको छ  । 

मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजीकार्य हुनुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =